२७ बैशाख २०८० काठमाडौं । प्रत्येक व्यक्ति , समूह, संँस्था, राजनीति दल सबैको साना ठुला कमिकमजोरी पक्कै पनि हुन्छन। सबै मानवको नाक,कान,घाँटी , टाउको, नेत्र ,च्यापु सबै अङ्गहरु एउटै स्थानमा उस्तै आकारमा छन र त हरेर व्यक्तिको आकृति छुट्टाछुट्टै हुन्छ। एक व्यक्तिको अनुहार प्रायः अर्कोसङ्ग मिल्दैन। संँस्था वा दलको उद्धेश्य वा सिद्धान्त फरक हुनु त स्वाभाविक नै हो।
आफुलाई अर्कोको सिद्धान्त वा उद्देश्य मन परेन भन्दैमा कतै छेउटुप्पो नमिल्ने गरि गाली गर्ने अनि नानाथरिको टिक्काटिप्पणी गरिरहँदा आफ्नो हैसियत स्पष्ट हुँदैन र? नाकको टुप्पोमा सिँगान देखियो भन्दैमा पुरै शरीर फोहोर हुन्छ र? नाकको टुप्पो सफा गरेपछि मानिस सफा हुँदैन र? हामी नेपाली जनताले कस्तो मान्छेलाई देसमा नीति निर्माण गर्न जिम्मा लगाएका छौंँ ? कस्तालाई देसको ढुकुटिको जिम्मा लगाएका छौंँ ? कस्तो कस्तो राजनीति दलहरू खोल्न अनुमती दिएका छौंँ ? यावत प्रश्नहरुको चाङ्ग हाम्रा सामु छरपस्ट छन। प्रजातन्त्र भनेको अरुको खोइरो खन्न होइन बरु आफ्ना मूल्यवान तर्क राखेर समाज परिवर्तन गर्न पाउने प्लेटफर्म पनि हो। प्रमाण बिनाको टिक्का टिप्पणी गर्ने दल र व्यक्ति चाहिएन। बरु समाज र देसको भबिस्य कोर्ने स्पष्ट खाका भएका दल र व्यक्तिको खोजी गरौंँ । समयको कालखण्डमा देस र समाजको पक्षमा उभिएका संँस्था र व्यक्ति नै हाम्रा आशाका खम्बा हुन। नेता भएनन भनेर अर्को देसमा नेता खोजी गर्न जान सकिदैन । यतैकालाई सुधार्दै लैजाने हो। अबका नेपालिले झुठको खेती पत्याउने अवस्था छैन। कुनै मान्छे चुनावै पिच्छे पद र भोगको लागि पार्टी फेर्दै हिँड्छ भने त्यो पनि सोचनिय बिषय हो। आफू छउन्जेल र आफुसँग कुरा मिल्दासम्म उक्त दल राम्रो भन्नेहरु अर्को समुहतिर मिसिनासाथ पहिलेको दल र संँस्था निकाम्मे भन्नेहरुको लामो चाङ्ग यतै छ। तसर्थ जनताले समाजको राजनीतिशास्त्र अनिवार्य पढ्नै पर्यो। अनि सत्य र गलत छुट्याउन सक्ने चेतनाको बिकास गर्नुपर्यो।
तपाईं विधावारिधी गरेर आए पनि नेताको गुलामी नगरी टिक्न नसक्नु नै तपाइलाई राजनीति थाहा नभएको प्रष्ट हुन्छ।
अब उप्रान्त गाली गलौज होइन मेलमिलाप र बिकासको राजनीति गरौंँ। घृणा र हेपाहाको होइन माया र सहयोगको राजनीति गरौंँ ।
राजनीतिक आतंकको अन्त्य गरौं । समृद्ध नेपालको रचना गरौं ।
दिनमा १२ घण्टा कम्तिमा काम गरौंँ । पहिला देश समृद्ध पारौंँ । प्रत्येक नेपालिको बोली बिक्ने स्थिति बनाऔंँ । समाज परिवर्तन हामी आफैले गर्ने हो। अरुले केही गर्दैनन् । सिमा जोगाउने , समाज परिवर्तन गर्ने स्थानिय स्तरबाट नै हो। माथिबाट त नीति बनाउने र आदेश दिने , समस्या पर्दा समाधानको निम्ति प्रयास गर्ने हो।
देश हाम्रो हो। देश तपाईको हो। अब राजनीति बुझौंँ र आफु अगाडि बढौ।
अस्तु
-रामकाजी सर