महालक्ष्मी श्रेष्ठको निधनबाट पार्टी र क्रान्तिमा अपुरणीय क्षति : वैद्य

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले कमरेड महालक्ष्मी श्रेष्ठको निधनबाट पार्टी र क्रान्तिमा अपुरणीय क्षति पुगेको बताएका छन् ।अब नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदान र उहाँको जीवन र कर्मबाट शिक्षा लिदै पार्टी अगाडि बढ्ने किरणले बताएका हुन् ।उनले शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गरे ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पनि पार्थिव शरीरमा माल्यार्पणसहित श्रद्धाञ्जली मन्तव्य राखेका थिए । महालक्ष्मी श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा गुरुङले चर्चा गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार समेत रहेकी महालक्ष्मी श्रेष्ठको बुधबार राति निधन भएको थियो। उनको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राति ११ः३० मा निधन भएको हो । बिहान पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टि गरिएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरु सुदर्शन, सागर, अटल लगायतका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने नेकपा (माओवादी केन्द्र)का नेताहरु हितमान श्रेष्ठ, भिष्म, दिवाकर लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

उहाँका एक छोरा–बुहारी र तीन छोरी–ज्वाइँ र नाति नातिनीहरु रहेका छन् ।

१९९९ बैशाख १ वीरगञ्ज, पर्सामा जन्मनु भएकी महालक्ष्मी श्रेष्ठको नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका अग्रज नेता कमरेड कृष्णदास श्रेष्ठसँग विवाह भएको थियो । कमरेड कृष्णदास श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेदेखि नै उहाँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउनु भयो । उहाँले जेनी माक्र्सको जीवनी नेपाली भाषामा अनुवाद गर्नुभयो । नेकपा (मालेमा)को केन्द्रीय सदस्य हुँदै नेकपा (एमाओवादी)को केन्द्रीय सल्लाहकार, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार र हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकारको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँ २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । उहाँ कृष्णदास श्रेष्ठ फाउन्डेसनको अध्यक्ष समेत रहनु भएको थियो । उहाँ ‘नेपाल चर्खा गान्धी तुुलसी स्मारक महागुठी’की मुख्य गुठियार समेत रहनु भएको थियो । साथै, उक्त महागुठीको दुई कार्यकाल महासचिवको पदमा रहेर समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यो समाचार मुलबाटोमा प्रकाशित छ ।