प्यारागन एकाडेमीका पिन्सिपल डिआर सुवेदीको सवारी दुर्घटनामा परि दुखद निधन भएको छ ।
मंगलबार साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको सुवेदी सवार प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते भएका थिए ।
उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । सुवेदी बिर्तामोडबाट घर सुरुङ्गा तर्कको यात्रामा थिए । सुवेदी प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पूर्व अध्यक्ष समेत थिए । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।