यो वर्षबाट एसईई परीक्षा हटाउने तयारी,विद्यालय शिक्षा सम्बन्धी विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउने प्रस्ताव

काठमाडौं । नेपाल सरकारले संसदमा दर्ता गर्न लागिरहेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउने प्रस्ताव अघि सारेको छ ।

कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले (एसईई)सञ्चालन गर्ने गरी प्रस्ताव अघि सारेको हो ।


शिक्षा मन्त्रालय श्रोत भन्छ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसईई हुँदैन ।’ बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको थियो । त्यसपछि एसएलसीलाई एसईईको परीक्षा भन्न थालियो ।

त्यसैगरी,विद्यालयको तहगत संरचनालाई परिवर्तन गरेर प्रारम्भिक बालकक्षादेखि ८ लाई आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तहको रुपमा निर्धारण गरेको समेत थियो । त्यसपश्चात कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षा बनाएको थियो । कार्यान्वयन भने हुन बाँकि थियो । यसपालिको शिक्षा विद्येयक मस्यौदा संसद टेबलबाट पारित भएमा यो कार्यान्वयन हुनेछ ।