सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राराजकीय सम्मानका साथ गते अन्त्येष्टि गरिने निर्णय गरेको छ।२६ गते बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेकाे बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि २८ गते गरिने निर्णय गरेको हो ।
सरकारले नेम्वाङको दाहसंस्कारका दिन सार्वजनिक बिदा दिने पनि निर्णय गरेको छ । नेम्वाङका छोराहरु विदेशमा रहेकाले नेपाल आएपछि जुनदिन अन्त्येष्टि हुन्छ त्यही दिन सार्वजनिक बिदा दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका थिए ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि २ दिन एमाले मुख्यालय च्यासलमा राखिने भएको छ ।