सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

एक नेता सवार बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पछि घाइते मोटरसाइकल चालक चौधरीलाई अस्पताल लगिएको र उपचारको क्रममा तिनको मृत्यु भएको हो ।२९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्युपछि स्कर्पियो चालक ती नेतालाई दाङ प्रहरी कार्यालय राखिएको पार्टी स्रोतले जनाएको छ ।।

काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको गाडी ती नेता आफैले चलाएको बुझिएको छ ।