महिनादेखि सम्पर्कविहीन एक महिला मृत अवस्थामा

दार्चुलामा गत महिनादेखि सम्पर्कविहीन रहेकी एक महिला मृत भेटिएकी छिन् ।

जिल्लाको नौगाड गाउँपालिका-१ बगड बस्ने ४८ वर्षीया धनादेवी ठगुन्ना मङ्गलबार सोही ठाउँस्थित बिलासौ जङ्गलमा मृत अवस्थामा मृत भेटिएकी हुन् । ठगुन्ना असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी थिइन् । उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई खोजी कार्य जारी राख्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको कारण पत्ता नलागेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीस्रोतले बतायो ।