दशैं मनाउन नपाउँदै काठमाडौँको असन क्षेत्रका दुई भरियाको मृत्यु

ह्वात्तै बेरोजगार युवा बढीरहेको नेपालको राजधानी काठमाडौंबाट मानिसहरु मरेको सुन्दा अचम्म लाग्ला तर आज २ भरियाले दशै मान्न नपाउँदै अकालमा ज्यान गुमाए। प्रसङ्ग यो हो ;
काठमाडौँको असन क्षेत्रका दुई भरियाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो। तर, उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

जनसेवा वृत्त प्रमुख डिएसपी भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा रहेका थिए ।मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन् ।