सवारी दुर्घटना बढ्दै, कति मृतक र कति गम्भीर घाइते,पूरा पढ्नुहोस्

विपरीत दुई दिशाबाट आइरहेका मोटरसाइकल पोखरामा एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको मृत्यु भएको खबर छ ।

पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्:

शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।

हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकि रहेको मकवानपुर प्रहरीले जनाएको छ ।