अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने भक्तपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।उनी भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्दै आएकी थिइन् ।५० वर्षीया रत्न केशरी श्रेष्ठ नामकी सो महिलालाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।
अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरिएको जनाएको छ ।