शैलुङका वडाध्यक्ष मदनले ठोकाए जीप, सामाजिक सञ्जाल बन्यो भाइरल

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान(मदन)ले गाडी(जीप) सिक्ने क्रममा ठोकाएका छन् । । अध्यक्ष मदनले सिक्ने क्रममा मङ्गलबार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी (जीप) ठोकाएका हुन् । धेरैले अनलाइन न्युजले यसलाई गाडी दुर्घटनामा भनेर समाचार बनाएका छन् ।

अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लगेका थिए । त्याे गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा गाडी(जीप) ठोकिएको हो । गाडी ठोकिएर दुर्घटनामा परे पनि अध्यक्ष माेक्तान सकुशल छन्।

अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेकाे चिस्यान केन्द्रको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटना होइन ठोकिएको हो उनले न्युजकिरण डटकम अनलाइन खबरसँगको कुराकानीमा बताए । अहिले म मिटिङमा व्यस्त छु पछि कुरा गरौँला?
गाडी मर्मतको खर्च के गर्ने भन्नेबारे मिटिङमा छलफल चलेको र आफू व्यस्त रहेको उनले बताए । मोक्तान जिल्लामा कुनैबेला एकछत्र माओवादको राज चलाउने नेतामध्ये एक मानिन्छन् ।वास्तविक नाम मैन कुमार मोक्तान भएपनि उनलाई माओवादी मदन भनेर धरैले चिन्दछन् ।