काठमाडौंको तीनकुने स्थित गैह्री गाउँमा चार जनाको हत्या गरिएका पहिचान भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको काम गर्ने दोलखाका ५६ वर्षीय कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका अधिकृतले बताए हुन्।
हत्या हुने कुमार भुजेलका पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।
उनीहरूकाे शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी रहेकाे छ ।