एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत ती युवती पोखरा घर भई च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत छिन् । १९ वर्ष जतिकी करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास बुधबार गरेकी हुन् । बिदामा घर गइ फर्किएकी उनले होस्टलको पाँचौ तलाबाट हाम फालेको कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिएका छन् । ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएको बताइएको छ ।
अहिले उनको च्छोरोल्पा अस्पतालमा उपचार गरेर काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिएका छन् । यद्धपी उनले किन आत्महत्याको प्रयास गरेको भन्नेबारे केही खुलिसकेको छैन । डिएसपी खड्काले घटनाका बारेमा अनुषन्धान भइरहेको जानकारी दिए ।