सामूहिक बलात्कारको आरोपमा १६ वर्षीय बालक सहित ३ जना पक्राउ

विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुलीका १६ वर्षीय बालक सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

आइतबार राती २५ वर्षिया युवतीमाथि विराटनगर महानगरपालिका ३ मा बलात्कार भएको प्रहरीले जनाएको हो ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका हुन ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् भने १६ बर्षका बालक पनि सहचालक नै रहेका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा आइतबार बिहान ट्रक पार्किङ गरेर राखेको स्थानमा महिलाको सामूहिक बलात्कार भएको थियो ।