गयो आज बिहानै ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

दार्चुलापरि भारतको वतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले
भूकम्प धक्का महसुस गरिएको र क्षतिबारे जानकारी प्राप्त नभएको बताए । जिल्ला प्रहरी कार्यालय बैतडीले पनि भूकम्प गएको जनाएको छ ।