नेपालमा मोबाइल अनिवार्य आवश्यकता ? हातहातमा मोबाइल बोकेर हिँड्नेको संख्या ह्वात्तै बढ्यो

दुई दशक अघिसम्म नेपालका ठुला मानिसहरु सँग मात्र हातमा मोबाइल हुन्थे ।आजभोलि के बालक के बटुवा, बृद्धा वा किशोर किशोरी सबैको हातमा मोबाइल हुन् थालेको छ । साच्चै भन्ने हो भने मोबाइल अनिवार्य आवश्यकता बन्दै गएको छ । बालकलाई फकाउन मोबाइल दिइन्छ । विद्यालयको पढाइ समेत केही वर्ष अगाडि मोबाइलबाटै संचालन भएथ्यो ।त्यसो त रातभर गेम खेलेर बस्ने बालक र किशोर किशोरी अनि सडकमै बसेर मोबाइल खेल्ने युवापुस्ता जहींतहीं नपाइने कुरै भएन् ।


मोबाइल नशा बन्न थालेको भने प्रायःलाई पत्तै हुँदैन ।सुरुमा कल गर्न, म्यासेज गर्न र फेसबुक हुँदै अहिले इमो,स्न्याप च्याट, म्यासेन्जर,भाइबर, विभिन्न किसिमका फ्रिफायर,पब्जी गेम,जुम,विगो, टिकटक आदि चलाउन सबै व्यस्त देखिन्छन्। समयसापेक्ष प्रविधिको ज्ञान र अनुभव हासिल गर्न मानिसहरु लागिपरेका छन् ।कसैकसैलाई भने धेरै मोबाइल चलाएर एकोहोरो स्वभावको बन्ने रोगै भएको पाइन्छ । खाँदा बस्दा सुत्दा सबैभन्दा प्यारो चिज मोबाइल बन्न पुगेको छ । आँखा बिग्रने,नसा सम्बन्धी रोग लाग्ने,कान कम सुन्ने र आफ्नो गोपनियता भङ्ग गर्ने काम पनि मोबाइलले नै गरेको छ ।मोबाइल कुन बेला कसरी को ?मार्फत चलाउने भन्ने नजान्दा बाटैमा चोरी हुने,साइबर क्राइम सम्मको घटना स्वयम व्यक्तिले ब्यहोर्नु पर्दछ ।


अन्तमा: चाडबाड नजिकिँदै जाँदा चोरीको घटना बढ्ने हुनाले सबैले खल्तीमा मोबाइल बोकेर हिँडे कसो होला?