दसैँ नजिकिँदै जाँदा उपत्यका छाडेर घर जानेको संख्या शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र १ लाख १ हजार पुगेको छ ।
विभिन्न पेशा,व्यवसाय रोजगारी, अध्ययनका लागि राजधानीमा रहेकाहरू धमाधम घर फर्किरहेकाहरुको संख्या १ लाख १ हजार पुगेको हो ।
महँगिएको हवाई टिकट र सार्वजनिक/अन्य सवारीसाधन व्यवसायी रुट छाडेर रिजर्भ तर्फ उन्मुख हुँदा पनि सहज रूपमा यातायात नपाएर उनीहरूले सास्ती झेलिरहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार
अहिलेसम्म ६ लाखभन्दा धेरै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । यो वर्ष १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने आकलन गरिएको छ । करीब ३० लाख मानिस बाहिरबाट उपत्यकामा आइ अध्ययन,पेशा, व्यवसाय र रोजगारीमा लागेको तथ्याङ्क केही वर्ष अगाडि एक संस्थाले सार्वजनिक गरेको थियो ।सो बेला (काठमाडौँ, ललितपुर र भक्तपुर)उपत्यकाको जनसंख्या २० लाख जति मात्र थियो ।