१.संयुक्त स्वरोजगार सडक ब्यापार ब्यबसायी संघर्ष समितिले काठमाडौ महानगरपालिका विरुद्ध जुलुस तथा धर्ना कार्यक्रम गर्ने ।
स्थान : शान्तिबाटिका, रत्नपार्क बाट जुलुस सुरु भई काठमाडौ प्लाजामा पुगि धर्ना दिने ।
समय :- १०:०० बजे ।
२.राष्ट्रिय प्रजातन्त्र पार्टी का.म.न.पा. २२ वडा इकाइ कार्य समितिले “रक्तदान कार्यक्रम” गर्ने ।
स्थान :- बिरा कम्प्लेक्सको प्राङ्गण प्युखा, न्युरोड ।
समय :- १०:०० बजे ।
३.नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठनले राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न केन्द्रिय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार चार बुंदे मागहरू राख्दै कालो ब्यानर सहित धर्ना कार्यक्रम गर्ने ।
स्थान :- प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषद (CTEVT) को प्राङ्गण, सानोथिमी ।
समय :- १०:०० बजे ।
४.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:०० बजे ।
५.अनवरत तत्पर पौज (ATF) ले ATF मा आबद्द हुनु भएका र आबद्द हुन चाहनु हुने संग भेटघाट कार्यक्रम गर्ने ।
स्थान :- थापाथली ।
समय :- ११:०० बजे ।
६.पुर्व राष्ट्रपति बिध्यादेबी भन्डारी शिवपुराण महायज्ञमा जानुहुने ।
स्थान :- तारकेश्वोर नगरपालिका वडा न, ३ पाँचमाने ।
समय :- ११:३० बजे ।
७.क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं प्रदेश संगठन समितिले वायु सेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- न्युरोड ।
समय :- १२:०० बजे ।
८.नेकपा (एमाले) संसदीय दलको बैठक बस्ने ।
स्थान :- संसद भवनको लोत्से हल, नयाँ बानेश्वर ।
समय :- १२:०० बजे ।
९.रिपोर्टर्स क्लब नेपालले नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतसंग समसामयिक बिषयमा विशेष साक्षात्कार कार्यक्रम गर्ने ।
स्थान :- रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डप ।
समय :- १२:४५ बजे ।
१०.आदिवासी जनजाती आयोगको तेस्रो वार्षिकोत्सव समारोह हुने ।
स्थान :- नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप ।
समय :- १३:०० बजे ।
११.नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ नामक पुस्तकको विमोचन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललेद्वारा हुने ।
स्थान :- नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, पुस्तकालय भवन ।
समय :- १५:०० बजे ।
१२.राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानको ऋण एसोसिएसनले पत्रकार सम्मेलन गर्ने ।
स्थान :- संयोजक दुर्गा प्रसाई को निजि निवास, कमेरोटार, भक्तपुर ।
समय :- १६:०० बजे ।
१३.बिबेकशिल साझा पार्टीका बिजयवाबु शिवाकोटी लगायतले माइतीघर मण्डला को निशेधआज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राखि प्लेकार्ड प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १६:३० बजे ।
१४.नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम माघ १६ गते देखि माघ २६ गते सम्म देशभर समुदायमा कांग्रेस अभियान कार्यक्रम गर्ने ।
१५.शान्तिवाटिकामा विभिन्न मिति देखि बसेको मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिती, पीडित आरती रावल गिरि, मृतक आरति शाहको बुबा बिनोद प्रसाद शाह सहित परिवार र तेल बहादुर घलेको अनशन तथा धर्ना कार्यक्रम जारी ।
न्युज किरण डटकम अनलाइन खबरमा भिडियो सहितको समाचार हेर्न र लाइक,कमेन्ट ससक्राइभ गर्न नभुल्नुहोला ।