विषयगत प्रश्नपत्र निर्माण गर्नेबारे एकदिने प्रबोधीकरण कार्यशाला गोष्ठी सम्पन्न

नयाँ पाठ्यक्रम अनुसार कसरी विषयगत प्रश्नपत्र निर्माण गर्नेबारे शनिबार अंग्रेजी र नेपाली विषयको एकदिने प्रबोधीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ललितपुरको सुनकोठी स्थित अनलज्योति स्कुलमा उक्त कार्यशाला सम्पन्न भएको हो । लगनखेलमा रहेको नमुना माविका नेपाली विषय शिक्षक राजेन्द्र रिमाल प्रशिक्षक रहेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुरका प्रमुख निमप्रकास सिंह राठोरले कार्यशालाको उदघाटन गर्नु भएको उक्त एक दिने कार्यशालामा नेपाली विषयविज्ञ तथा मावि तहका छनौटित शिक्षकहरु सहभागी रहेका थिए । कार्यशालामा एकएक सेट प्रश्नपत्र सहभागी सबै शिक्षकले साथमा लिएर उपस्थित भएका थिए ।१९९० सालबाट सुरु भएको एसएलसी परीक्षा २०७२ पछि एसईईमा बदलिएसँगै विषयगत पाठ्यक्रम प्रत्येक १० वर्षमा फेरिँदै आएका छन् ।तर,पनि परीक्षास्तरीय तथा गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम साथै प्रश्नपत्र अनि विषय विज्ञ शिक्षकको पनि उतिकै आवश्यकता रहनु वर्तमान अपरिहार्यता सहजै महसुस हुन थालेको छ । अझ बोर्डिङ स्कूलमा नेपाली र सामाजिक अनि सरकारी विद्यालयमा अंग्रेजी विषय शिक्षकको न्युनिकरणको अवस्थामा यस्ता प्रबोधीकरण तालिमले शिक्षक शिक्षिकाको पेशागत अभिवृद्धिमा उत्साह थप्ने आशा गरिएको छ ।