असोज ३ बाट आन्दोलन भन्दै शिक्षक महासंघले निकाल्यो विज्ञप्ति

शिक्षक महासंघले यो विधेयकले स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेकाे विज्ञप्ति जारी गरेको छ।

महासंघले संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अंकुश लगाउन खोजेको छ। यसले आम नेपाली शिक्षक-कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर संकट ल्याएकाे र यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासंघले यही असोज ३ गतेबाट आन्दोलन सुरु गर्ने भन्दै विज्ञप्ती जारी गरेको हो।