निलकण्ठेश्वर पूर्व विद्यार्थी समाजको तेस्रो बैठक सम्पन, हेर्नुहोस् भिडियोसहित

निलकण्ठेश्वर पूर्व विद्यार्थी समाजको तेस्रो बैठक शनिबार सम्पन भएको छ । बैठक पूर्व विद्यार्थी समाजको विधान बहस तथा डिल बहादुर तामाङलाई उपचार खर्चमा सहयोग पुर्याउने सम्बन्धी विषय केन्द्रित थियो । काठमाडौंको सनराइज क्याफेमा २:३० बजे बैठक सुरु हुने भनिएपनि ३:३० मा मात्र बैठक सुरु भएको थियो । बैठकले डिल बहादुर तामाङको उपचारको लागि तत्काल विद्यार्थी समाजको तर्फबाट १५ हजार ५ सय रकम सहयोग निर्णय गरेको छ । प्रदेश सभासद तारा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता र घन नारायण श्रेष्ठको अध्यक्षतामा बैठक सञ्चालन भएको थियो । तदर्थ समितिका सदस्यहरु अरुण अधिकारी,विष्णु आले, प्रदिप बस्नेत,सन्त तामाङ, गुणराज भट्टराई उपस्थित सो बैठकमा अधिवक्ता तुल्सी अधिकारी,पत्रकार रामकुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो । बैठक सञ्चालन तदर्थ समितिबाट अरुण अधिकारीले गरेका थिए । बैठकमा उपस्थित तदर्थ समितिका सदस्यहरुले ३० दिनभित्र संशोधित विधान मस्यौदाको पूर्ण पाठ सहित बैठक बसेर अर्को निर्णय लिने न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी प्राप्त भएको छ । पूर्व विद्यार्थी समाजको विधान मस्यौदाको बहस कार्यक्रममा प्रमुख अतिथि तारा नारायण श्रेष्ठले राखेका धारणाहरु भने यस्ता रहेका थिए ।