अब प्रेस काउन्सिलबाट ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिइने

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलबाट आइतबार जारी गरिएको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिने भएको हो। अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । ६ वटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागिएको छ जसले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउ पुर्याउने छ । सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिले जनाएको छ । काउन्सिलस्रोत भन्छ, एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने छ । काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने पनि सूचनामा जनाएको छ ।