काठमाडौंका मेयर वालेन शाहले धरानको मेयरको गरे खुलेर प्रशंसा

काठमाडौंका मेयर वालेन शाहले धरानको मेयरको खुलेर प्रशंसा गरेका छन् ।धरानको संघ संस्कृतिको चर्चा गर्दै शाहले धरानको मेयरको खुलेर प्रशंसा गरेका हुन् ।धरानमा आयोजित एक कार्यक्रमकाबीच उनले धरान फेसनएवलमा पनि अगाडि रहेको बताएका छन्।धरानको संस्कृति सधैं बाँचिरहोस् भन्दै उनले मेयर हर्क साम्पाङलाई मायाको चिनो प्रदान गरेका छन् ।किंरातराजा एलम्बरको चर्चा समेत उनले गर्न भ्याए । काठमाडौँ उपत्यकाबाट धरान पुगेका शाहले उपत्यका भन्दानी धरान संगीत संस्कृति र वर्तमानमा भएको विकासले अघि रहेको बताएका छन् । सरकारले हेरोस् नहेरोस धरानका जनता विकासका लागि आफै एकजुट रहेर गर्ने गरेको शाहले बताए ।अझ हर्क साम्पाङ जस्तो मेयर धरानले पाएकोमा आफूलाई समेत गर्व लागेको उनले भने ।एलम्बरको राज्य ललितपुर यलको रुपमा अझै प्रतिष्ठित रहेको पनि उनले प्रष्ट पारे ।केही महिना अघि सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको धरान इज अ फेमस फर कालो बङ्गुर र काठमाडौँ इज फेमस फर फोहोरको डङ्गुर भन्ने नारालाई दुबैले बिर्सेर एकैसाथ कार्यक्रममा मेयरद्वय सहभागी हुनुलाई देशले नयाँ राजनीतिक व्यक्तित्व खोज्न थालेको होकि भनेर केही विश्लेषकहरुले अनुमान गर्न थालेका छन् ।