वागमती प्रदेशका पूर्व मन्त्री कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल बीच अध्यक्षमा प्रतिस्पर्धा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि आज प्रदेशले १० बजे निर्वाचन गर्न लागेको छ ।

नेकपा एमालेको बागमती प्रदेश अध्यक्ष पदमा कैलाश ढुंगेलको उम्मेदवारी कायम भएको छ ।एम एसी पढेका र पूर्व वागमती प्रदेशका अर्थ मन्त्री सम्हालेका ढुङगेल सरल तथा मिलनसार छन् ।अलि सोझा नेतामा गनिने र छलकपट नजान्नेमा उनलाई पार्टीले लिएको छ ।उनी रामेछाप निवासी हुन् ।उनका अर्का प्रतिस्पर्धी दाहाल छन् ।अन्यले उम्मेदवारी फिर्ता लिएपछि ढुंगेलका झिनो प्रतिस्पर्धामा दाहाल हुन लागेका छन् ।
उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकिएकाले अब १० बजेबाट मतदान सुरु गर्ने तयारी रहेको मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।

अधिवेशनमा यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।

उपाध्यक्ष पदका लागि चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा चलेको छ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा रहेका छन् ।