हाइ भ्यु माध्यामिक विद्यालयबाट दादुरा खोप अभियान संचालन

महालक्ष्मी नगरपालिकाले आज(आइतबार )दादुरा खोप अभियान चलाएको छ। नगरपालिकाले टिकाथलीको हाइभ्यु माध्यमिक बिद्यालयबाट दादुरा खोप अभियान चलाएको हो । आइतबार मध्यान्ह १२:३० सम्म गरिएको नाम दर्ता अनुसार ८५ जनाले खोप लगाइसकेका छन् । खोप अभियान पूर्व सूचना तालिका अनुसार संचालन भइरहेको महालक्ष्मी नगरपालिका श्रोतले बताएको छ । नगरपालिकाले विकासका पूर्वाधार मध्ये शिक्षा स्वास्थ्य क्षेत्रमा तीब्रत्तर रुपमा समृद्धि अभियान चलाइ रहेको छ । आइतबार वडानं ५ मार्फत स्थानीय बालबालिकालाई हाइ भ्यु माध्यामिक विद्यालय(स्कुल)बाट खोप अभियान चलाइएको हो ।

महालक्ष्मी नगरपालिका भित्र किष्ट अस्पताल अवस्थित छ भने करीब ६४ जना नगरपालिकाको स्वास्थ्य दरबन्दीमा कर्मचारी कार्यरत छन् । ललितपुरका २ नगरपालिका १ महानगरपालिका र ३ गाउँपालिका मध्येको महालक्ष्मी नगरपालिका एक हो । नगरपालिकाले विकासका पूर्वाधार मध्ये शिक्षा स्वास्थ्य,सडक यातायात खानेपानी कृषि र सिँचाइलाई प्रमुख मानेको छ । त्यसैगरी,जनताको जीउधनलाई भिटामिन,खोप,तथा सरल उपचार लगायतबाट जनमानसमा अहिले वडास्तरीय निःशुल्क स्वास्थ्य सेवा पुर्याइरहेको छ ।
आइतबार हाइ भ्यु स्कुलमा देखिएको खोप अभियान दृश्य: