नेपालकै सबैभन्दा ठुलो मानिने सातौ रनिङ्ग सिल्ड दोहोरी गीत प्रतियोगितामा चर्चित दोहोरी गायक दिलिप थापा मगर प्रथम

नेपालकै सबैभन्दा ठुलो मानिने दोहोरी प्रतियोगिता सातौ रनिङ्ग सिल्ड दोहोरी गीत प्रतियोगितामा चर्चित दोहोरी गायक दिलिप थापा मगर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति कोटेश्वर,बानेश्वर समिति(समूह)बाट उनले प्रतियोगितामा भाग लिइ प्रथम भएका हुन् । उक्त समितिको महिला स्वर विमा कुमारी अनुरागीले भरेकी थिइन् । विजयी प्रतियोगी समूह क्रमशः

प्रथम : दिलिप थापा मगर , बिमा कुमारी अनुरागी
कोटेश्वर, बानेश्वर समिति
दित्तिय : तारा थापा टेकराज भण्डारी
कोरिया शाखा
तृतिय : सपना रोका निसान्त बि:क
जापान शाखा
सान्तोन्ना : सबिता परियार बिजया बाँनिया
अनामनगर,समिति
अहिले दोहोरीका नयाँ राजा मानिने दिलिप थापा मगर सामाजिक सञ्जालमा लेख्छन्:-
राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल द्वारा आयोजित इन्द्रेणि सातौ रनिङ्ग शिल्ड दोहोरीगित प्रतियोगिता २०८०/११/८ बेनिघाट रोराङ ७ चरौदी धादिङ मा सम्पन्न भएको ठुलो सपना थियो एक न एक पटक रनिङ्ग शिल्ड जित्ने मेरो यो सपना आज आएर पुरा भएको छ धन्य छौ भगवान !

हामी जस्ता प्रतियोगी कलाकारका लागि बार्षिक परीक्षा जस्तै अनि दोहोरी प्रेमी हामी लगायत सम्पूर्ण मनहरूका लागि सांगीतिक पर्व दशै जस्तै हो रहेछ रनिङ्ग शिल्ड ।

देश विदेश जहाँ कहाँबाट जसरी कसरी हेर्नु भयो सुन्नु भयो साथ,माया,हौसला,आशिर्वाद, ताली गाली 😁 जे प्रदान गर्दिनु भयो प्राप्त गरेकै छौं ।

सरस्वती माताको बास,भगवान दाहिना, मेरो आमा बुबा र गुरू वर्गको आशिर्वाद, प्रत्यक्ष र अप्रत्यक्ष सुन्नु हुने हेर्नुहुने अझ भगवानरूपी दर्शक स्रोता र सबै सबै साथी संगी इष्टमित्र आफन्तजन मान्यजन प्रियजनको माया,साथ, हौसला, इत्यादि, ले हात पारेको सफता हो। दोहोरी प्रतियोगिता धेरै धेरै गाइयो । कतै हार कतै जित बराबरी सफल असफल ब्यहोरेकै छु ।

स्पेशल धन्यवाद राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल
धन्यवाद भन्दा माथिको दिने खालको कुनै शब्द नै भेटिन ।

प्रथम : दिलिप थापा मगर , बिमा कुमारि अनुरागि
कोटेश्वर बानेश्वर समिति
दित्तिय : तारा थापा टेकराज भण्डारी
कोरिया शाखा
तृतिय : सपना रोका निसान्त बि:क
जापान शाखा
सान्तोन्ना : सबिता परियार बिजया बाँनिया
अनामनगर समिति

उत्कृष्ट : तिर्सना बुढा क्षेत्रि,सुमन खड्का
नव प्रतिभा : रबिन नेपालि , गिता सेज्वाल
अनुसासित : सर्मिला बि सि अनिल सुनार
भेषभुसा : आशा के सि रत्न श्रेष्ठ

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति कोटेश्वर बानेश्वर हाम्रै आफ्नै समितिबाट प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरियो । अध्यक्ष गोकुल भट्ट ज्यु लगाएत सम्पूर्ण पदाधिकारी ज्युमा मिठो सम्झना ।
यो समाचार दिलिप थापा मगरको फेसबुकवालबाट लिइएको हो ।