चार चोरको कथा

३० बैशाख २०८० काठमाडौं । ४ जना चोरहरु बैङ्क लुटपाट गर्न गएछन् । बैङ्क लुटेर उनीहरुले प्रशस्त रकम ल्याएछन् ।ती ४ मध्ये एकजना पान्डे थिए।अर्का खनाल थिए । एकजना झा थिए । एकजना मगर थिए । झालाई लोभ चढेछ ।अलिकति पान्डेसँग मिलेर खनाललाई भाग नलगाई लखेटुम ।उसले पान्डेलाई समर्थन जुटाएर खनाललाई जंगलतिर लगेर मारेर फालिदिए छ । अर्को मगरले सबै कुरा थाहा पाएको हुनाले पान्डेले मगर प्रयोग गरी झालाई विदेशतिर लखेटी दिएछ ।झा र खनालको बिस्थापनसँगै मगर र पान्डेले केही समय होस्टेलमा मिलेर बस्ने तर लुटको रकम नबाँडने भनी निर्णय गरेछन् ।सँगै बसेपछि पान्डेले मगरको सबै कुरा थाहा पाएछ ।अनि, कसरी मगरलाई लुटपाटको धन नबाँडी निकाल्ने यत्नमा पान्डे लागेछ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उसले मगरलाई १ महिने विदेश भ्रमणको भिसा मिलाइ दिएछ । मगर पनि छोडेपछि पान्डेले धनको घमन्ड बढाउन थालेछ । गाउँ टोलभरि पान्डेले सम्पत्तिको ध्वाँस देखाउँदै हिँड्दा प्रहरीले त्यो लुटपाटको धनबारे चाल पाएछन् । पान्डे लाई हिरासतमा लगेछन् । हिरासतमा केही वर्ष बसेर फर्कदा विदेशबाट फर्केको मगरसँग उसको भेट भएछ ।मगरले के छ पान्डे सर हालचाल भनेछन् ।पान्डे झोक्राएर केही नबोली लुरुलुरु आफ्नो पहाड घरतिर लागेछन् ।
-विष्णु कठजोरे