गायक एवम् संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ । घरमा बसेका बेला अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको हो ।
०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उहाँले करीब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाउनुभएको छ ।
मुटु जली रहेछ” “जती चोट दिन्छौ देउ मायालु” “जहाँ छन् बुद्धका आँखा” “हजार सपनाहरुको माया”, “हजार आँखा हेर्ने मेरी मायालु” लगायत कालजयी गीतमा आचार्यले स्वर दिनुभएको छ ।छिमेकी संगीतकार हरि लम्सालले भक्तराज आचार्यको मृत्यु भएको जानकारी दिनुभएको छ ।