पौराणिक कथन अनुसार हिमालय पुत्री पार्वतीको विवाह महादेवसँग गर्न पाउँ भनी कठोर तपस्या गरेर विवाह भएको विश्वास गरिन्छ ।
यही धार्मिक विश्वासका कारण हिन्दू नारीहरुले हरेक भाद्र शुक्ल तृतीयादेखि तीजको व्रत बस्छन । विवाहित महिलाहरु पतिको दिर्घायूको कामना गर्दै तीजको व्रत बस्छन् ।
हिजोआज तीजका नाममा विकृति भित्रँदै गरेको पनि पाउन सकिन्छ ।
हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिनदेखि सुरु हुने भएता पनि महिना दिन अगाडिदेखि तीजको दर खाने, नाचगान र भोजभत्तेर(पार्टी )गर्ने जस्ता विकृत चलन मौलाउंदै आएको देखिन्छ । तीजका गीतमा मौलिकता हराउँदै जान थालेको छ ।
पहिले पहिले दिदि बहिनी भेला भएर नाचगान गरेर तीज मनाउने चलन थियो अहिले भने पर्वभन्दा अघि देखि नै तीजको नाम दिएर गीत बजाएर आधुनिक नृत्य समेत गरिन थालेको पाइन्छ।
पहिला तीजका गीतमा दुख सुखका भावहरु पाइन्थे भने अहिलेका तिजका गीतमा मनोरञ्जन मात्र पाउन सकिन्छ । अरुको देखासिकिमा तीजलाई खर्चिलो र भड्किलो तरिकाले मनाउने गरिएको पाइन्छ ।
महाङकाल गाउँ पालिका प्रमुख गणेश केसी आधुनिक तीज मनाउने प्रवृतिप्रति खुशी छैनन् ।उनी पछिल्लो पुस्ताले संस्कृति सभ्यता परम्परालाई जोगाउन नसकेको, तीज शुक्ल तृतीयाका दिनदेखि दुई दिन मात्रै भएपनि एक महिना अगाडिदेखि संस्कार रहित तवरले अङ्ग्रेजी गीत बजाएर मनाउँदा राम्रो नभएको बताउँछन् ।
उनले मासु र वियरलगायतका पेय पदार्थ खांदै तास खेलेर महिनौं अगाडिदेखि कोठामा नाचेर तीजलाई विकृतिका रुपमा मनाउन थालिएकोमा आपत्ति जनाए । उनी भन्छन्,‘तीजलाई देखासिकिमा भन्दा पनि घाँटी हेरी हाड निल्नु भनेझैं आफ्नो क्षमता अनुसार मनाउन जरुरी छ ।’
महिला बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ता कमला घिमिरे अहिलेका तीजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्तित छिन् । उनी पहिला दिदी बहिनी तीजमा व्रत बसेर घर घरमा भेला भएर मादल बजाएर दुखका गीत गाउंदै नाचेर मनाउने गरिएको सम्झिन्छन् ।उनले अहिले स्पिकर बजाएर सार्वजनिक ठाउँमा तिज मनाउने गरिएको र तिजका गीतमा समाजलाई भड्काउने खालका शब्द प्रयोग भएकोले तीजको मौलिकता हराउंदै गएको दुखेसो पोखिन् ।
त्यसो त नेपाली भाषा संस्कृतिको जगेर्ना तीज पर्वले मात्र गरेको एक गायिका बताउँछिन् ।खानपानले रहनसहन फेर्छ भने लवजले आफ्नो संस्कृति बचाउँछ । पहिले समाजमा सबैको समस्या र पीडा हुन्थ्यो र त्यस्तै दयनीय संगीतले बजार तताउँथ्यो ।अहिले सब रोमाञ्चकारी र आधुनिक फेसन लगाउन खोज्ने छन् । त्यसैले तीजगीत पनि आधुनिक बन्दै जान स्वभाविकै हो ।
तर,तीजमा साडी,चोलो र झपक्कै गहना लगाएर माइतीघर आँगनीमा घँगारु बजाउँदै छमछम नाँच्दा जसरी नेपाली पहिचान र संस्कतिले विश्वमा नचिनाउने होर ? पहिले सहर बजार हिंड्ने महिलाहरु नक्कली हुन्छन् भने नजरले हेर्ने पुरुषहरु पनि हुन्थे अहिले महिला पुरुष समान हुन र छन् पनि ।के अफिस,के घर,के समाज समान हकदार छन् ।अधिकांश नेपाली महिला अहिले विदेश जाने र पैसा कमाएर घर फर्कने गर्छन् । गाउँ नछाड्ने महिलाहरु अहिले सहरमा आई महिनेत र पसिना बगाएर व्यवसाय वा नोकरी गरी खान बाध्य छन् ।
तीज जस्तो पर्वलाइ भड्किलो बनाउनु हुँदैन नै । महङ्गा गरगहना लगाएर हिँड्दा सामाजिक सुरक्षामा पनि असर पर्ने कसैको तर्क होला ।
‘तीजलाई सभ्य र सहज तरीकाले मनाउन र महिलाहरुको महान पर्व तीजलाइ जोगाउन महिलाहरु नै सजग हुनुपर्ने समय आएको छ ।
संगीतकर्मी संघको कार्यक्रम
राष्ट्रिय संगीतकर्मी संघले शनिबार बसुन्धराको एक पार्टी प्यालेसमा तीजको रमाइलो कार्यक्रम गरेको छ ।कलाकार भेटघाट परिचय आदान प्रदान र सामान्य जलपान(दरप्रोग्राम)को
उद्देश्य राखेर सो कार्यक्रम गरिएको हो ।काँठ क्षेत्रका
चर्चित कलाकार सुशिला लामा,प्रकास कटुवाल,अर्चना स्याङतान लगायत कलाकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । के महिला कलाकार के पुरुष कलाकार दुबै एक रथका दुई पाङ्ग्रा मान्नुपर्छ भन्ने सबैको उदेश्य होइन र ?