नेपाल महिला चेम्बरले गर्यो विभिन्न साङ्गीतिक मेलाको प्रस्तुति

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरले हरितालिका तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’ मेलाको आयोजना गरेको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले सो मेलाको आयोजना गरेको हो । उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरे ।

मेलाको उद्घाटनमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको यो मेला र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिला सहभागिताको वृद्धि हुने आशा व्यक्त गरेका छन् । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ-अध्यक्ष मल्लले भने ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीका अनुसार मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको थिए । मेलामा साङ्गीतिक कार्यक्रम, फेसन सो नृत्य लगायतका कार्यक्रम पनि समावेश गरिएकाे थियो । गायिकाहरु रेखा शाह, सुजाता केसी, पुनम काफ्ले,सावित्रा भुजेल लगायतले मेलामा आकर्षक प्रस्तुति दिएका थिए ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ हुन भने उनी नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत छिन् । यसपालिको तीजमा पनि विगत झैँ १५ वा १ महिना अघिदेखि नै रमाइला कार्यक्रम र दरलाई प्रोत्साहन गरिएको छ ।