रेशम थापाको उपचारमा सहयोग गर्न राज्यसँग माग: राजेन्द्र कार्की

राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष राजेन्द्र कार्कीले रेशम थापाको उपचारमा सहयोग गर्न राज्यसँग माग गरेका छन् ।उनले सोमबार सामाजिक संजालमा एक स्ट्याटस लेख्दै थापाको उपचारमा सहयोग गर्न राज्यसँग माग गरेका हुन् ।
रुमालै छ चिनो, कुर्ता सुरुवाल हिल‌ लगायत हजारौं काँठे लोकदोहोरी गीतका गायक रेशम थापा यतिखेर अस्वस्थ हुनुहुन्छ । कलाकारको हकहितका निम्ति दोहोरी गीत प्रतिष्ठान र संगीतकर्मी संघको स्थापना भएको छ । रेशम थापा संगीतकर्मी संघको पूर्व अध्यक्ष समेत हुन । यतिखेर संगीतकर्मी संघका कार्यवाहक अध्यक्षमा प्रकाश कटुवाल रहेका छन् । चाहे त्यो प्रतिष्ठान होस वा कर्मी संघहोस कलाकार हकहितको लागि जन्मिएको संस्था भन्दा अनर्थ नलाग्ला नै तर पनि अहिले सम्मको सहयोग लोकदोहोरी प्रतिष्ठानका कलाकारहरुबाट अलि अपुग होकि झै लागिरहेछ । राष्ट्रको पक्षमा आवाज उठाउने उच्च ओहोदामा बसेका व्यक्ति भए सायद रेशम थापाको उपचार भइसक्नुपर्ने हुन्थ्यो। यहाँ पैसा भए मृगौला,मुटु कलेजो वा दिमागनै फेरेर बाँच्न सक्छन् तर सामान्य कलाकार यसरी पैसाको अभावमा कतिदिन बाच्ने भन्ने आसय र थप सहयोगको अपेक्षा राख्दै राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष राजेन्द्र कार्कीले लेख्नु भएको स्ट्याटसबाट यस्तो छ ।
रेशम थापाको बुढी आमा छोराको अवस्था हेर्दै रुँदै हस्पिटलमा प्रेसरले हाने पछि आधा शरीर र आधा जिन्दगी मरेतुल्य हुने यो रोगको निःशुल्क उपचार गर्न राज्यँग माग गरिन्छ।

आदरणीय बरिष्ठ लोक तथा दोहोरी गायक एवम सर्जक राष्ट्रिय संगीतकर्मी संघका पूर्व अध्यक्ष तथा संरक्षक रेशम थापाको आज यो अवस्था छ। दाईको एक पाखो पुरै चल्दैन अहिले बोली आएर पनि प्रष्ट बोल्न सक्नु हुन्न। प्रेसरले हानेको बिरामी लाई लामो उपचार र पछि सम्म ठूलो खर्च लाग्छ। हस्पिटलको उपचार पछि पनि ठूलो खर्चको साथ थेरापी गराउनु पर्छ। उहाँ लाई त बोल्न सिकाउने देखि हात खुट्टा सबै एक पाखोको थेरापी गराउनु पर्ने हुन्छ। राष्ट्रिय संगीतकर्मी संघको अभियान मा धेरै कलाकारहरु र कलप्रेमीले सहयोग गर्नु भएको छ। अझै धेरै ले सहयोग गर्न बाँकि छ। राष्ट्रिय संगीतकर्मी संघ काठमाण्डौ जिल्ला ललितपुर जिल्ला धादिङ जिल्ला सिन्धुपाल्चोक जिल्ला मकवानपुर जिल्ला लगायत बागमती प्रदेशले समेत एक चरन सहयोग गरिसक्नु भाको छ र अझै गर्दै हुनुहुन्छ। अमेरिकाबाट विमल डाँगी निशा सुनार मधुर गिरी लगायतले पनि सक्दो सहयोग गर्नु भएको छ।
हामी रेशम थापा दाईलाई पुरानै बोलीको साथ पूर्ण गीत गाउन सक्ने अवस्थामा फर्काउन चाहन्छौं। यसमा सबैको साथ रहोस र नेपाल सरकार सम्बन्धित निकाय र राज्यको उपल्लो तहमा पुगेका नेताको नी यसमा चासो होस्
इन्द्रेणी परिवार र कमल सरगम को पनि यो अभियानमा साथ छ साथै सञ्चारकर्मी चन्द्रमणि गौतम र राजु बोहोरा लगायत को साथ छ बाँकि सबै निकायको पूर्ण साथ रहोस।
राजेन्द्र कुमार कार्की
निवर्तमान केन्द्रिय अध्यक्ष
राष्ट्रिय संगीतकर्मी संघ