विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयका शिक्षकहरु अभिभावक बनेर बोर्डिङमा शुल्क खन्याउँने गरेका बताएका छन् । काठमाडौं उपत्यकामा भएको एक कार्यक्रमका बोल्दै उनले सामुदायिक विद्यालयका शिक्षकहरुलर बोर्डिङमा शुल्क खन्याउँने गरेको बताएका हुन् ।
ट्याक्सएड अलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू) द्वारा बुधबार काठमाडौंमा आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी संवाद कार्यक्रम’ उनले सो कुरा बताए । उनका अनुसार बोर्डिङ स्कुलका शिक्षक शिक्षिकाहरुलाई तलब सरकारीको जस्तै होस भन्ने चाहना रहेको समेत उल्लेख गरे ।
उनले भने,‘अहिलेको बजेटले विद्यालयहरू चल्ने अवस्था नरहेको र यस्तो अवस्थामा गुणस्तर खोज्नु नै मूर्खता हो ।’ उनले शिक्षा ऐन मात्र बन्दैमा शिक्षाको विकास नहुने बताए ।
एक्सनएड नेपालका निति तथा कार्यक्रम विभाग प्रमुख सरोजकुमार पोखरेलले विद्यालयमा शिक्षक र शिक्षाको मात्र कुरा गर्नुभन्दा पनि बालबालिकाप्रति जवाफदेहिता आवश्यक रहेको बताएका थिए ।