नयाँ लोकदोहोरी गीत बोलिदेउ हाँसेर बजारमा

गायक विष्णु आलेको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ।बोलिदेउ हाँसेर नामक लोकदोहोरी गीत हालै बजारमा आएको हो। लोकदोहोरी गायिका अर्चना स्याङतान र गायक विष्णु आलेको स्वरमा सजिएको बोलिदेउ हाँसेर गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् ।गीतको भिडियो निर्देशनमा नारायण मगर, क्यामेरामा एकान्त मगर र कोरियोग्राफीमा संजीप ठकुरी छन् ।शंकरा डिजीटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतका लय र शब्दमा विष्णु आले हुनुहुन्छ ।युवा युवतीको लुकीछिपी गरिने प्रेमालापलाई गीतको विषय वस्तु बनाइएको छ ।न्युजकिरण डटकम अनलाइन खबर तथा न्युज किरण मिडिया प्रालिका संचालक समेत रहेका आले पेसाले शिक्षक हुनुहुन्छ भने पत्रकारिता र गायन पेशामा उहाँको सक्रिय आवद्धता देखिन्छ । उहाँले नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ ।कसम खानेले, दुइतिर माया, मनछोयो रुपैले, बुहारी छानीले पछिको उहाँको बोलिदेउ हाँसेर नयाँ लोकदोहोरी गीत हो । न्युज किरण टिभी एन्ड अनलाइन न्युज युट्युब च्यानलमा गएर गीत हेर्न सकिन्छ।