नेपाली चलचित्रमा दर्शकको ध्यान बढ्दै

अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा बनेको चलचित्र हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलमा देखिएका छन् ।

गत शनिबारबाट चलेको चलचित्रका कलाकार राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया हलमा पुगिरहेका छन् । चलचित्रमा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्धि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुलीलगायत कलाकारको अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ । दर्शकले आँसु र हाँसो मध्ये एक प्राप्त गर्न सकिन्छ भनिएको सो चलचित्रको विषयवस्तुलाई धेरैले मनपराइरहेकस छन् ।