मगरहरुको आफ्नो पहिचान संरक्षणका लागि गठन भएको नेपाल मगर संघ रामेछाप काठमाडौँ सम्पर्क समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । रामेछाप जिल्लामा जनसंख्याको आधारमा तेस्रो स्थानमा मगरहरु छन् । बैठक नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष रक्षा रैका मगरको उपस्थितिमा ३ विषयमा छलफल गर्दै सम्पन्न भएको हो ।आफ्नो पहिचान संरक्षणका लागि जिल्लामा रहेका सम्पूर्ण मगरहरु एक भइ लाग्ने बैठकमा सहभागीहरुले प्रण गरेका छन् ।पहिले २ क्षेत्र र ५५ वडा रहेको रामेछापमा हाल रामेछाप र मन्थली गरी २ वटा नगरपालिका र अन्य गाउँपालिका अनि वडाहरु छन् । मन्थली नगरपालिकाका अध्यक्ष रहेका गेहेन्द्र राना मगरका अनुसार आले,थापा र राना मगरका मुख्य थरहरु हुन् । बैठकमा विष्णु राना मगरले प्रथम शहिद लखन थापामगरको सांस्कृतिक संग्राहलय निर्माण,संगठन बिस्तार र संघको अधिवेशनबारे छलफल भएको बताए । केन्द्रीय उपमहासचिव हेमराज थापा समेत उपस्थिति रहेको सो बैठकमा मगर संघ मन्थली नगरपालिका अध्यक्ष र सचिव, रामेछाप नगरपालिका अध्यक्ष विभिन्न गाउँपालिका अध्यक्ष र वडाका अध्यक्ष तथा संयोजकहरुको सहभागिता रहेको थियो ।सामाजिक भवनमा करीव ४ घन्टा चलेको बैठकले जिल्लाका सम्पूर्ण मगरहरु एक भएर आफ्नो पहिचान संरक्षणका लागि जुटेर अघि बढ्ने वाचा भएको बुझिएको छ।
आफ्नो पहिचान संरक्षणका लागि अघि बढ्दै नेपाल मगर संघ
