अचानो सिरिएलले चर्चा बटुल्दै

जि पि ईन्टरटेन्मेन को ब्यानर म गोमा पान्डेले निर्माण गरेको अचानो हरेक हप्ताको बिहीबार साँझ ५:०० जि पि ईन्टरट्न्मेन्ट युट्युब च्यानल प्रसारण भै रहेको छ । हाल ९ भाग सम्म प्रसारण भइसकेको उक्त सिरेल २५ भाग सम्म कथा लेखन सम्पन्न भइसकेको छ । दर्शकहरुको चाहना अनुरुप जति पनि लम्बाउन सकिने र छायांकन तीब्र गतिमा भएको कारण स्टक भागहरु पनि रहेकोले अर्को नयाँ सिरिएल अनि सुरु गर्न लागेको प्रस्तुत कर्ता गोबिन्द पाण्डेले जानकारी दिए।हाल ललितपुरको देबीचौर आसपासमा छाँयाकन भइरहेको अचानोको सुटिङ ५ साता एकैठाउँमा हुनेछ । प्रदीप सिंह थापाको लेखन निर्देशन रहेको वेब सिरिजमा बिष्णु निराकारको छायांकन,स्नेहा तिमल्सिनाको मेकअप,सुजाता लिम्बु र सरिता राईको रहेको छ । त्यसैगरी व्यवस्थापनमा दिओ शेर्पालीको कलर भिए एफएक्स र सम्पादन रहेको छ।कलाकारहरुमा पुराना तथा नयाँ कलाकारहरुप्रदीप सिंह थापा निरुता शाही ,रुपा थापा गोबिन्द पाण्डे दिप शेर्पालि स्नेहा तिमल्सिना सुजाता लिम्बु ,रोमा बिस्ट, बलराम श्रेष्ठ ,अशोक मगर बिनोद सुनार बिजय घले ,सरिता राई अनिशा पुरी राममाया घले, सुस्मिता श्रेष्ठ,छुमा गैरे,हर्क महर्जन, अभि वाइबा अदिको भुमिका रहेको छ भने बाल कलाकार सुमि लिम्बु को समेत अभिनय देख्न पाइन्छ!हाल धमाधम छायांकन भै रहेको सिरिएल दिनानुदिन चर्चा बटुल्दै दर्शक हरुको मन मुटुमा बस्न थालेको छ !पृथक अनि पुरानो सामाजिक कथावस्तुमा तयार पारिएको अचानो हाल च्याउ सरी वेब सिरेज थुप्रै चलेको च्यानल सँग प्रतिस्पर्धामा छ । विज्ञापनमा अरुले झैँ आफुहरुले खर्च न गरेको नयाँ च्यानल भै कन पनि चर्चा बटुलेको सबैको राम्रो कमेन्ट र सपोर्ट पाइरहेकोमा कलाकार र प्राबिधिक टिम को कडा मेहनत को कारण चाडै नै अत्यधिक लोकप्रीय हुने कुरा मा निर्माण पक्ष बिस्वस्त छर ढुक्क छ!हास्दै निर्देशक थापा भन्छ्न कडा मेहनत गरेका छौ कस्तो दिने हाम्रो भगवान रुपि दर्शकको हातमा छ।