नेपाल तामाङ कलाकार संघको अध्यक्ष विशाल काल्तान बनेका छन् ।आइतबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तान अध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा, उपाध्यक्षमा सुभाष तामाङ, महासचिव खेम मोक्तान, सचिवमा निर्मला घिसिङ, कोषाध्यक्षमा योगेश लामा, सदस्यहरुमा क्रमश बुद्ध लामा, जितु लोप्चन, रिश्मा बम्जन, आश्मान लोप्चन, जिवन बम्जन, बैरागी मोक्तान, लक्ष्मी स्याङ्तान, अन्जु थोकर, प्रदिप लामा, मीन योन्जन, बसन्ती लामा, अनिता गोले, सुमुना लो, मिलन थिङ र स्मारिका थिङ सदस्य रहेका छन्।
नव अध्यक्ष काल्तानले तामाङले यो निर्वाचित एकाइस सदस्यीय समितिले कला संस्कृतिलाई विश्वको तामाङ समाज सँगै संसारभर फैलाउने उद्देश्य लिएको बताए ।