चर्चित दोहोरी गायिका अर्चना स्याङतान र दोहोरी गायक जनक लामाको स्वरमा सलिना मोक्तानको ‘तिम्रै लागि हे माया’ आजैबाट बजारमा

चर्चित काँठे लोकदोहोरी गायिका अर्चना स्याङतान र जनकलामाको स्वरमा तिम्रै लागि हे माया दोहोरी आजै बजारमा सार्वजनिक भएको छ । लोकदोहोरी गायिका सलिना मोक्तानको चौथो प्रस्तुतिको रुपमा रहेको तिम्रै लागि हे माया दोहोरी गीतमा अर्चना स्याङतान,जनक लामा,रेशम थिङ र सलिना मोक्तानको आवाज रहेको छ ।विष्णु आले र पूर्णबहादुर अधिकारीको शब्द रहेको यस गीतमा चर्चित मोडल शिशिर बुढाथोकीले भिडियो डिरेक्सन गरेका हुन्। म्युजिक गायक रेशम थिङ्कै रहेको छ । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको तिम्रै लागि हे माया दोहोरी गीतमा रेकर्डिक्स् सागर पुन छन् भने मिक्सिङ् र मास्टरिङ् कुमार सानु पुनले गरेका छन् । भिडियो सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् ।

नायक नायिकाहरु सविता थपलिया,एल बी बस्नेत,निशु थापा रहेको यस दोहोरी गीतको एरेन्ज विष्णु तामाङले गरेका छन् । अरब प्रोडक्सनले गरेको पोष्ट प्रोडक्सनको यो दोहोरीलाई दिपा गिरीले सिनेमाटोग्राफर गरेकी छिन्।काष्टमा सिदार्थ जैगडी छन् भने मुवामा आशा विक रहेकी छिन् ।नाकमा सिंगान,डोरी खरैको,दुईबूढी नम्बरी पछिको यो तिम्रै लागि हे माया दोहोरी गीत सलिना मोक्तानले गरेको चौथो नयाँ एल्बम हो ।