राहत शिक्षकले जनायो सहमतिमा असहमति

राहत शिक्षकहरूले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा असहमति जनाएका छन्।

गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले असहमति जनाएका हुन्।

माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक संघतर्फका प्रतिनिधि बीचमै बैठकै छाडेर बाहिरिएको बताइएको छ ।

समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताएका छन् । उनका अनुसार ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा समेटिएको छैन।