उपत्यकामा अधिकांस विद्यालय दशैँ बिदामा घर गएका छन् ।अभिभावक दशैँमा घर गएपछि तिहारमा मात्र फर्कने र दशै सकिएको लगत्तै तिहार पर्व आउने हुनाले जम्मा १०,१२ दिन के पढने र पढाउने ? भन्ने सोचको बिकास हुन थालेको छ । यससँगै विद्यार्थीहरु भने सडकमा गिर खेलेर रमाउन थालेका छन् ।यो भिडियो तस्बिर काठमाडौँ उपत्यकाबाट न्युजकिरण डटकम संवाददाताले खिचेका हुन् । अभिभावकले आफ्नो बालबच्चालाई घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महसुस गर्दछन् । ललितपुर जिल्लाको केही बोर्डिङ बाहेक प्राय:सबै सरकारी र अन्य विद्यालय दशैँमा बिदा भएदेखि हालसम्म खुलेका छैनन्। प्राप्त जानकारीअनुसार मंसीर ४ गतेबाट विद्यालय खुल्ने भएको छ ।त्यसअघि नै कतिपय विद्यालयका विद्यार्थीहरु यसरी न शिक्षक न अभिभावकको नियमनमा खेल्दा केही घटनट भएमा जिम्मेवारी कसले लिने भन्ने जनगुनासो आउन थालेको छ । बाडेगाउँ निबासी सम्झना भन्छिन् बिदामानी शुल्क तिर्नु परिहाल्छ त्यसैले विद्यालय बन्द हुनुभन्दा खोलिनु राम्रो हो। कम्तीमा बालबच्चालाई त हेरीरहनु पर्दैन्।यो बिदामा एकछिन घर छोड्योकि खेल्न भागि हाल्छ । अभिभावक गोठालो बनेर बस्दा अफिसको जागिर जाने सम्भावना बढी रहन्छ।केही गरी छाडा छोडिदियो भने बेलुका घरपुग्दा हातखुट्टा बिगारेर घर पुग्छन् ।यो सरकारी विद्यालयको नियम बोर्डिङमा लगाएर बिदा दिन नहुने तर्क गर्छिन् ठैबकी ठुलीमाया तामाङ । त्यसो त भूकम्प र लकडाउनपछि विद्यालयमा विद्यार्थीहरू कमजोर वा शिक्षक त्यो बुझ्नै गाह्रो परेको बेला यसरी बिदा दिएर विद्यार्थी छाडा छोड्न नहुने एक बोर्डिङका नेपाली शिक्षकले बताए ।
-विष्णु आले
हेर्नुहोस् भिडियो यस्तो छ:-