ललितपुर महानगरपालिका अवस्थित शङ्ख पार्कमा काग र कुकुरको जमघट सभा चलेको छ । चित्रमा ठ्याक्कै सभा चलेजस्तै देखिए पनि कागहरु एक आपसमा कुरागर्दै र एउटा रातो कुकुर टपरीमा तिहारको भाग खाइरहेको चित्रलाई न्युजकिरण डटकम संवाददाताले भिडियो सहित उतारेका छन् । कागलाई चतुर पंक्षिको रुपमा लिइन्छ । शुभसमाचार आदान प्रदान गर्ने काग र घरको हेरचाह अनुसन्धान र सेवकको गर्ने कुकुरलाई लिइन्छ । नदी सफा भएको ठाँउलाई पर्यावरणीय दृष्टिले राम्रो मानिन्छ ।आजभोलि पार्क र नदी आसपासका क्षेत्रहरूमा घुमफिर तथा मनोरञ्जन प्राप्त गर्न धेरै मानिस आवतजावत गर्दछन् । उपत्यकामा अधिकांस यस्ता ठाउँमा मानिसहरू ज्यादा हुने गरेको पाइन्छ । तर, सरसफाई लगायत कुराहरुमा भने सबैको ध्यान जान जरुरी छ ।
पार्क संरक्षण गर्ने जिम्मेवारी कस्को ? कागको हुल छेउ रातो कुकुरको भोजन
