माइतीघर-बानेश्वर निषेधित क्षेत्र घोषणा गरिएपछि मंसीर,७ मा गर्ने भनिएको एमालेको युवा तथा विद्यार्थी संगठनको कार्यक्रम काठमाडौंको तिनकुनेतिर सरेको छ । सोमबार राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेको हस्ताक्षरित सूचनामा सो उल्गलेख छ । यसअघि युवा संघ र अनेरास्ववियुले ७ मंसिरमा युवा विद्यार्थी विशेष कार्यक्रम ७ मंसिरमा माइतीघरमा आयोजना गर्ने निर्णय गरेको थियो । तर,त्यसै दिन दुर्गा प्रसाईंको माइतीघर-बानेश्वर लक्षित बृहत प्रदर्शन आयोजना गर्ने निर्णयले काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको कारण देखाउँदै माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ । प्रसाईंले भने प्रदर्शन स्थलबारे केही बोलेका छैनन् ।
मंसीर ७ मा राष्ट्रिय युवा संघ बृहत प्रदर्शन गर्ने तयारीमा
