मकवानपुर जिल्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्प धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.५ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा सो भूकम्पको कम्पन्न काठमाडौँ, ललितपुर लगायत जिल्लामा महसुस भएको थियो ।

मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका बताएका छन् ।