दुर्गा प्रसाईंले मंसीर ७ गतेबाट काठमाडौँ उपत्यकामा संघर्षरुपी आन्दोलन चलाउने भएको छ ।एमसीसी खारेजी,मसिना ऋण मिनाहा र राजतन्त्र (सम्बन्धित हिन्दुहरूको धार्मिक पहिचान) कायम जस्ता ३ नारा लिएर प्रसाईं नेतृत्व आन्दोलनमा उत्रिएका छन् । युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा आउँदो ७ गतेबाट संघर्षरुपी आन्दोलन चल्ने हल्ला छ्यापछ्याप्ती बनाइएको छ । प्रसाईंले एक युट्युब अन्तरवार्तामा भनेका छन् आन्दोलनमा आएर साथ दिनुहोस् तपाईंहरु म पानी खान्दिन्छु ।सडकमै बास बस्नेगरी अन्न बेचेर भएपनि काठमाडौँ उपत्यका आउनुस् र मेरो आन्दोलनलाई समर्थन गरिदिनु पर्यो ?केही महिना अघि शिक्षक शिक्षिकाहरुको एक्कासी बानेश्वर घेराउ आन्दोलनबाट उनीहरुको माग पूरा भएपछि प्रसाईले पनि सोही प्रकृतिको आन्दोलन गर्न लागेको जानकारहरु बताउँछन् । ३ नाराबाट सरकारलाई थ्रेटदिने भन्ने बजारमा हल्ला पनि चलेको छ ।सो हल्ला चलेसँगै केही सर्बसाधारणको चिया पसलतिर बहस तिर लागेका छन् ।कसैकसैले छिमेकी मुलुकको सपोर्टमा यो आन्दोलन होकि भन्ने अन्दाज पनि गरेका छन् । कतिपयले प्रसाईंको प्रचारबाजीलाई सरकारले सामान्य रुपमै लिएको होला भनेका छन् । कसैकसैले राजतन्त्र पहिले नै असफल भइसकेकाले नाराबाजी आवश्यक नभएको तर्क गरेका छन् । महङ्गी , भष्ट्रचारी र तस्करी मौलायो ? राष्ट्रियता गम्भीर मोडतिर गयो भने सबै नेपालीलाई एक हुन यो आन्दोलन हुन सक्ने पनि विचार राखेका छन् । जनआन्दोलन भाग-२ अर्थात ०६२/०६३ को आन्दोलन, भूकम्प,लकडाउनले थलिएको हाम्रो मुलुकमा संघर्ष,बन्द हडताल भन्दानी सुशासन विकास र रोजगारी वर्तमान अपरीहार्यता हो भन्नेहरु पनि छन्। यस्तै छलफल चिया पसलतिर चल्न थालेको देखिन्छ।
दुर्गा प्रसाईंले मंसीर ७ गतेबाट सडक संघर्ष चलाउने
