एमालेको प्रदेश अधिवेशनमा विधुतीय मेसिनबाट मतदान

नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनमा पदीय छनोट नमिलेपछि पारटीले चुनावी प्रक्रियाको बाटो तय गरेको छ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव पार्टीबाट चुनावी बाटो तय गरेको हो । बाग्मती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, सानु श्रेष्ठ,कृष्ण दाहाल, रचना खड्का, केशव पान्डे र कृष्ण भक्त पोखरेलले दाबी गरेका छन् ।

चुनावी कार्यक्रम आज बिहान ८ बजेदेखि च्यासलमा सुरु भएको छ । बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, बेलुका ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने छ । त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भोलि हुनेछ ।

प्रतिनिधिले विद्युतीय मेसिनबाट मतदान गर्ने छन् । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एक जनालाई मतदान गर्न झण्डै २० देखि २५ मिनेट लाग्नेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा अस्ति पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । सम्भावित अध्यक्ष कैलास ढुंगेलको अनुमान छ तर कतिपय उम्मेदवारको आन्तरिक लविङ चलिरहेको छ एक प्रतिनिधिले बताए ।