६ जेठ २०८० काठमाडौं ।रोल्पाको होलेरीमा ‘तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । होलेरी बजार व्यवस्थापन समितिको आयोजनामा ‘तेस्रो होलेरी बृहत सांस्कृतिक तथा व्यापार महोत्सव २०८०’ सञ्चालन हुन थालेको मूल आयोजक समितिले जनाएको छ ।
यही जेठ ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सव लोक कला संस्कृतिको पहिचानसँगै रोल्पा जिल्लाको पर्यटकीय विकासमा टेवा पु¥याउने मूल उद्देश्यका साथ महोत्सवको आयोजना गर्न थालिएको महोत्सव व्यवस्थापक एसकै शर्माले जानकारी दिए ।
महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा व्यापारिक स्टलहरु राखिने आयोजक समितिले जनाएको छ । रोल्पा जिल्लाको पर्यटन तथा संस्कृति झल्काउने स्टलहरु पनि महोत्सवमा रहने आयोजक समितिले जानकारी दिएको छ ।