१६ असार २०८० काठमाडौं ।सडक माथिबाट बेलाबेला पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड फेरी अवरुद्ध हुन पुगेको छ। सुक्खा पहिरो खसेर बिहीबारदेखि नै अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो । शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध हुन पुगेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ:-फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्। यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको जानकारीमा आएको छ ।
सडक माथिबाट बेलाबेला पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड फेरी अवरुद्ध
