महालक्ष्मी नगरपालिकामा आधुनिक (स्मार्ट ) सडक बत्तीको शुभारम्भ

ललितपुर । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको संयुक्त लागत साझेदारीमा नगरपालिकाको प्रमुख सडक ( ग्वार्क‍ो देखि लुभू लामाटार सम्म) मा जडान गरिएको आधुनिक स्मार्ट सडक बत्तीको आज एक कार्यक्रमबीच समुदघाटन भएको छ । नगर प्रमुख हरिगोविन्द्र श्रेष्ठ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ तथा नगर उप प्रमुख लक्ष्मी महर्जनबाट संयुक्त रुपमा विद्युतिय माध्यामबाट सडक बत्ति बालि कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारिहरु, आयोजना प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरका कर्मचारीहरु, समाजसेवी तथा आम-नागरिकहरुको उपस्थिति रहेको थियो ।