प्रा डा ओम गुरुङकाे फाेटाेमा माल्यार्पण गर्दै मंगलबार प्रथम स्मृति सभा सम्पन्न, हेर्नुहोस् भिडियो सहित

मंगलबार त्यस्तै १ बजेतिर कुपन्डोल कार्यालयमा प्रा डा ओम गुरुङकाे फाेटाेमा माल्यार्पण सुरु भयो । गुरुङको प्रथम स्मृति सभा कार्यक्रमकाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले गरे ।

सुरुका वक्ता नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगर थिए । उनले ओमगुरुङले तात्कालिक समयमा आदिवासी जनजाति महासंघमा खेलेको भूमिकाको खुब तारिफ गरे ।

अर्का वक्ता परशुराम तामाङले ओम गुरुङको समग्र व्यक्तित्व र कृतित्व माथि प्रष्ट्याए । कम्युनिस्ट क्रान्तिकारी आन्दाेलन तथा जातीय मुक्ति आन्दाेलनमा गुरुङको याेगदानकाे विषयमा महत्वपूर्ण चर्चा चल्यो । त्यसैगरी नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले आफ्नो पार्टीले ओम गुरुङको सधैं चर्चामात्र सुनेको बताए ।

नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढाले आदिवासी जनजाति आन्दोलनमा र वर्गीय आन्दोलनमा गुरुङको विशेष योगदान रहेको चर्चा गरेका थिए । कार्यक्रममा ओम गुरुङकी संगिनी अमृता गुरुङलगायत परिवारका सदस्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुकाे उल्लेख्य सहभागिता थियो।