अभिनेता अनमोल केसी रिहा

अभिनेता अनमोल केसी रिहा भएका छन् ।
उनलाई तीन दिन अनुसन्धान गर्न दिएको समय समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

अभिनेता केसीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो ।

काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ ।

चलचित्र रावायण खेल्न १० लाख रकम लिएर खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन प्रडक्सनले केसीविरुद्ध दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका थिए ।